
एजेन्सी । चर्चित गायक उदितनारायण झाका छोरा आदित्य नारायणले विमानस्थलका कर्मचारीसँग अभद्र व्यवहार गरेका छन् । त्यसपछि उनी विवादमा आएको छ ।
रायपुर विमानस्थलमा सस्तो विमान सेवा प्रदायक कम्पनी इँडिगोका एक कर्मचारीलाई गायक एवं अभिनेता आदित्यनारायणले तथानाम गाली गरेको भिडियो नै सार्वजनिक भएका छन् ।
‘तेरो कट्टु उतारीन भने म पनि आदित्यनारायण हैन’, उनले कर्मचारीलाई भनेको भिडियो youtubमा सार्बजानिक छन् ।आदित्यनारायण सोमबार दिउँसो इंडिगोको रायपुर-मुम्बइ उडानमा थिए ।
विमानमा कुनै एक यात्रीले १५ किलोसम्म सामान निशुल्क लैजान पाउनेमा आदित्यनारायणले निर्धारीत सिमाभन्दा ४० किलो बढी सामान लैजाँदै थिए । त्यसबापत उनले कूल १३ हजार भारु तिर्नुपर्ने भयो । तर, आदित्यनारायणले सो रकम बुझाउन अस्वीकार गरेपछि इंडिगोका कर्मचारीसँग उनको भनाभन भयो ।
आदित्यनारायण चिच्याइ चिच्याइ कर्मचारीलाई गाली गरेका थिए ।