१७ आश्विन २०७४, मंगलवार

एजेन्सी । युएईको अबुधाबीमा १ सय ३६ रनको लक्ष्य पछ्याएको पाकस्तिान १ सय १४ रनमै अलआउट भएपछि श्रीलंका २१ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि दोस्रो पाटकमा  हरिस सोहेलले ३४ रन र असद सरिकले २० रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानले पहिलो पाटकमा ४ सय २२ रन बनाएको थियो ।

श्रीलंकाले पहिलो पाटकमा ४ सय १९ र दोस्रो पालिमा १ सय ३८ रन बनाएको थियो । श्रीलंकाका रंगना हेराथले ६ विकेट लिए । यो संगै हेराथले टेस्ट क्रिकेटमा ४ सय विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV