
काठमाडौं । काठमाडौं उपत्यकामा दसैं मनाउन गएकाहरु फर्कन थालेसँगै चहलपहल बढ्न थालेका छन् । पसलहरु खुल्न थालेका छन् भने काठमाडौंमा गाडीको चाप पनि बढेको छ ।
मुख्य मुख्य चोकमा गाडीले पालो पर्खनुपर्ने अवस्था रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले बताएका छन् । गएको २४ घन्टामा ९ हजार १ सय ८ वटा गाडीमा विभिन्न नाकाबाट ६७ हजार ७ सय २५ यात्रु काठमाडौं भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आइतबारदेखि सोमबार विहानसम्म ४९ हजार यात्रु भित्रिएकोमा सोमबारदेखि भने काठमाडौं भित्रने यात्रुको संख्या धेरै नै बढ्न थालेको ट्राफिक प्रहरीले बताए ।