१६ आश्विन २०७४, सोमबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउन दलहरु तालमेलसम्मको रणनीतिमा देखिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले माओवादी केन्द्र सहित वामपन्थी दलसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ दल माओवादी केन्द्र सहित वाम सहकार्य गर्ने एमालेले बाटो खोलेको छ । आइतबार बसेको एमालेको स्थायी कमिटीको बैठकले वामपन्थी दलहरुसँग सहकार्य गर्ने निर्णय गरेको हो । राष्ट्रिय दल बन्नका लागि प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्डको व्यवस्थाका कारण साना पार्टीहरु गठजोडको खोजीमा रहेको बताइएका बेला एमालेको पछिल्लो कदम तिनैलाई र तीमध्येपनि वामपन्थी दललाई लक्षित जस्तो देखिन्छ ।

तर कांग्रेससँग सत्ता गठवन्धनमा रहेको माओवादी केन्द्रलाई पनि त्यसबाट अलग गराएर ऊसँग चुनावी सहयात्रा गर्ने रणनीति एमालेले बनाएजस्तो देखिएको छ । एमालेको पछिल्लो निर्णयलाई माओवादी केन्द्र भित्रकै केही नेताले भने सकारात्मक रुपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV