१६ आश्विन २०७४, सोमबार

असोज १६,२०७४

काठमाडौं ।लामो समयदेखी प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी ल्याउन डिपीआर निर्माण छ महिनामा सकिने भएको छ।

काठमाण्डौं उपत्यकाको खानेपानीको मागलाई मेलम्ची खोलाको १७ करोड लिटर पानीले मात्रै धान्न नसक्ने भएपछि याङ्ग्री र लार्के खोलाको १७/१७ करोड लिटर पानी मेलम्ची आयोजना सँगै काठमाडौं ल्याईने योजना अघि सारीएको हो।

प्रारम्भिक चरणको अध्ययन पूरा गरेर परामर्शदाता कम्पनी छनौट गरी, आयोजनाले उक्त खोलाको पानी राजधानी ल्याउन डीपीआर कार्य अघि बढाएको हो उक्त आयोजना बारे परामर्शदाता सँग छलफल भईरहेको आयोजना प्रमुखले जानकारी दिए ।

१ वर्षसम्म सडक निर्माण, स्थानीयलार्इ मुअब्जा वितरण, प्रभावित क्षेत्र निर्धारणलगायत काम गरिने छ।मेलम्ची खोलाको मुहानबाट ९ किमी उत्तरपूर्वमा याङ्ग्री खोला पर्दछ। भने त्यसको दुर्इ किलोमिटर पर लार्के खोला पर्दछ।दुर्इ खोलाको पानी नयाँ सुरुङमार्ग बनाएर मेलम्ची खोलाको निर्माणाधीन सुरुङमार्गको मुहानसम्म ल्याइनेछ।

मेलम्ची खोलाको १७ करोड लिटर पानी मिसाएर कुल ५१ करोड लिटर पानी मेलम्ची खानेपानी आयोजनाको लागि अहिले निर्माणाधिन सुरुङ मार्गमार्फत राजधानी भित्र्याउने योजना छ।आयोजनाको लक्ष्य सन् २०२१ सम्ममा राजधानीमा ५१ करोड लिटर पानी ल्याइसक्ने रहेको छ। त्यसका लागि सन् २०१८ बाट सुरुङमार्ग निर्माण कार्य नै सुरु गर्ने लक्ष्य राखिएको छ।

हाल निर्माणाधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग २७.५ किलोमिटर मध्ये डेढ किलोमिटर खन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV