१६ आश्विन २०७४, सोमबार

काठमाडौं । अवैधानिक रुपमा सुनको बाला विदेशबाट नेपाल भित्रदै  गरेको  छ । साउदी अरेबिया, कतारलगायत खाडी मुलुकबाट फर्किने युवालाई भरिया बनाएर सुनका बाला भित्र्याइने गरेका छन् ।

विदेशमा काम गरेर फर्किनेका भिटिगुन्टामा काँचै सुनका बाला ल्याइने गरेको हो । खाडी मुलुकमा खरिद गरिएको सुन भन्सार महशुल नतिरी भित्र्याउँदा प्रतितोला तीनदेखि पाँच हजारसम्म नाफा हुने भएकाले गिरोहले स्वदेश फर्किने युवालाई माध्यम बनाएका हुन् ।

सरकारले झिटीगुण्टामा काँचो सुन ल्याउन दिँदा तस्करी बढेको निष्कर्षसहित सरकारले साउन ०७३ देखि गहना मात्रै ल्याउन पाउने नियम लागू गरेको थियो ।तर, राज्य संयन्त्र जति स्मार्ट बन्छ, तस्कर एक कदम अगाडि बढिहाल्छन् भन्ने कुराको पुष्टी पछिल्लो समयमा फस्टाएको नयाँ शैलीले गर्छ ।

साउदी अरेबियाबाट फर्किएका सर्लाहीका रोशन रायमाझी (नाम परिवर्तन)ले दमामका एक सुन दलालबाट ५० ग्रामको सुनको बाला काठमाडौं ल्याउने जिम्मा पाएका थिए । उनलाई ती दलालले विदेशमा काम गरेर फर्किंदा ५० ग्रामसम्म सुनको गहना लैजान पाउने भनेर भन्सार विभागको ‘झिटीगुन्टा आदेश’ देखाउँदै आश्वस्त पारेका थिए ।

सुन ल्याएबापत काठमाडौंमा सुन प्राप्त गर्ने व्यक्तिले रायमाझीलाई तीन हजार रुपैयाँ दिए । उनलाई कम्पनीको होस्टेलबाट एयरपोर्टसम्म एजेन्ट आफैंले ट्याक्सीमा ल्याइदिए । (अनलाइन खबरबाट)

सुनका बाला वैधानिक तवरबाटै त्रिभुवन विमानस्थल हुँदै भित्रिइरहेका छन् । वैदेशिक रोजगारीबाट फर्किइरहेका युवालाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहले सुनको कारोबार फैलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV