१६ आश्विन २०७४, सोमबार

काठमाडौं । नेपालको धेरै उब्जाउ हुने क्षेत्र बाढीले क्षति पुर्‍याएका छन् ।  सिँचाइ आयोजना र नहरहरु सञ्चालनमा ल्याउन कम्तीमा १२ अर्ब रुपैयाँ लाग्ने सिँचाइ मन्त्रालयका अधिकारीहरुले बताए ।

नेपालकै सबैभन्दा पहिलो सिँचाइ आयोजना चन्द्रनहरका साथै ठूला आयोजनाका रुपमा रहेका सुनसरी-मोरङ, कोशी पम्प, वाग्मती, कमला सिँचाइ आयोजनामा क्षति पुगेको सिँचाइ मन्त्रालयले जनाकारी दिए ।

“बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेर पठाइसकेका छौँ।”
रामानन्दप्रसाद यादव, प्रवक्ता, सिँचाइ मन्त्रालय

मर्मत-सम्भार अन्तर्गतको रकमले तत्कालका लागि सिँचाइ पुर्‍याउने प्रयास भइरहेको अर्थ मन्त्रालयसँग र थप रकम माग गरिएको बताइएको छ।
पछिल्लो बाढीका कारण सुनसरी-मोरङ सिँचाइ आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र निर्माणाधीन सिक्टा सिँचाइ आयोजना पनि प्रभावित भएको  छ।  स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस्
LIVE TV