१६ आश्विन २०७४, सोमबार

बर्दिय । गुलरिया–नेपालगञ्ज सडकखण्डमा पर्ने बर्दियाको लालपुरमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । ताजीया र मूर्ती सेलाउने क्रममा दुई पक्षबीच विवाद भएपछि प्रशासनले अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको हो ।

ताजीया र मूर्ती सेलाउन जाने क्रममा दुई पक्षबीच विवाद सुरु भएपछि स्थितिलाई भड्किन नदिन कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । लालपुर सडकको ५ सय मिटर आसपाससम्ममा कफ्र्यू लगाइएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV