१६ आश्विन २०७४, सोमबार

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज-खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ र  २३ जना घाइते भएका छन् । ना ४ ख १०९४ नम्बरकोे बस र ना २ ख ९३६० नम्बरको ट्रक गएराति ठोक्किएका हुन् ।

मृत्यु हुनेमा भारत रूपैडिहाका राम मनाेहर शर्मा रहेको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनाको अवस्था गम्भीर छ । एक जनालार्इ लखनउ रिफर गरिएको छ भने ९ जनाको मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरू अरू सबै उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।

LIVE TV