१६ आश्विन २०७४, सोमबार

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडकको सिद्धवावामा पहिरो गइरहेका छन्  । प्रहरीले  सकेसम्मा  त्यो बाटो प्रयोग ग्रनेहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन् ।

लगातार पहिलो खसिरहेको र जुनसुकै बेला ठुलो पहिरो जानसक्ने भएकाले यो सडकखण्डको यात्रा अन्त्यन्तै जोखिमपुर्ण रहेका छन् ।  त्यो अबस्थाका कारण अत्यावश्यक काम नपरी नहिड्न र बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुए ।

रातभरी र विहान ५ वटा डोजर लगाएर बाटो अहिले एकतर्फी खुलाएपनि फेरी अर्को पहिरोको जोखिम रहेकोले सडक जुनसुकै बेला पनि बन्द हुनसक्ने प्रहरी उपरिक्षक ज्ञवालीले बताए  ।

LIVE TV