१५ आश्विन २०७४, आईतवार

यादव देवकोटा
काठमाडौं । संसारमा मूर्तिको आआफ्नै महत्व हुने गर्छ । कुनै मुर्तिकलाले इतिहास दर्शाउछ, कुनैले महान व्यक्तिको पहिचान त कुनैले समाजमा विशेष सन्देश दिएको हुन्छ । नेपालीहरुको महान चाड विजयादशमीमा पनि मूर्तिको व्यापार निकै चम्कने गर्छ । हिन्दु धर्म प्रति र भगवान एवं देबी देवताप्रति आस्था राख्नेहरुले दशैं मुर्ति किन्ने चलन नै छ ।

दशैँमा देवी दुर्गा भवानीको पूजा आराधना हुने हुँदा विशेषत दुर्गा भवानीको मुर्ती व्यापार पनि यो समयमा निकै फस्टाएको छ । दुर्गादेवीको नौ रुप हुने मान्यताअनुसार, नवरात्रीको नौ दिन सम्म हरेक दिन फरक फरक दुर्गा देवीको मुर्ति पुज्ने चलन रहिआएको छ ।

हिन्दुधर्मालम्बीहरुको चाडबाडसंग सांस्कृतिक महत्वमात्र नभई धार्मिक महत्व पनि उत्तिकै जोडिएको छ । त्यसैले पनि जब चाडबाड नेपालीहरुको वरिपरि घुम्छ तब भगवानप्रतिको आस्था पनि त्यतिकै बढेर जान्छ र धेरै हिन्दु धर्मालम्बीहरु मूर्ति किन्नका लागि विभिन्न मूर्ति पसलमा ठेलमठेल गरिरहेका भेटिन्छन् । यो समयमा दुर्गा माताको मूर्तिको निकै महत्व हुनुका साथै, मूर्ति व्यापारीको व्यापार पनि ह्वात्तै बढेकाले मूर्ति व्यवसायीहरु दंग छन् ।

दशैं र तिहार धार्मिक महत्वलेपनि महान पर्वहरु हुन् । यहि पर्वको अवसरमा अधिकांश हिन्दु धर्मालम्बीहरु पुजा आराधनामा ब्यस्त हुने गर्छन् । यस समयमा अधिकांश हिन्दूहरुले मन्दिर र विभिन्न शक्ति पीठमा पुजा अर्चना गर्ने र घरमापनि विभिन्न देविदेवताका मुर्तिहरु प्रतिस्थापन गरि पुजाअर्चना गर्ने छलन छ । अझ दुर्गा माता,महाकाली , महालक्ष्मी र महासरस्वतीलगायतका मूर्तिहरु प्रतिस्थापन गरि हरेक बिहान र साँझधुप दिप गरेर आफ्नै घरको पूजाकोठामा पनि पुजा गर्ने चलन छ ।

LIVE TV