१४ आश्विन २०७४, शनिबार

काठमाडौं। देशका धेरै ठाउँमा अहिले मौसम बदली भएको छ । यो बदली भएको मौसममा पानी पर्नसक्ने भएकोले  आज टिका ग्रहण गर्न जादा आफ्नो सुरक्षाको जाउ ।

पूर्वी क्षेत्रमा बनेको न्युनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भागमा मौसम पूर्ण रुपमा मौसम बदली रहेको र केही ठाउँमा पानी पर्न सक्ने अनुमान गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

आज पहाडी भेगमा पानी पर्ने संभावना धेरै छ । देशको पश्चिमी भेगमा पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्न सक्ने भएकाले टीका थाप्न जाँदा छाता बोक्न नबिर्सन मौसमविद् अर्यालले सुझाव दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV