
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बडा दशैं २०७४ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश प्रदान गरेका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी संविधान कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह पनि गरेका छन् ।
संविधान कार्यान्वयनको पहिलो खुट्कीलोको रुपमा रहेको स्थानीय तहको निर्वाचन तीन तहमा गरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि सोही अनुसारको सहभागीताको अपेक्षा आयोगले गरेको बताए ।