१३ आश्विन २०७४, शुक्रबार

काठमाडौं । दशैं पर्व आफ्ना परिवारसँग कसलाई पो मनाउन रहर नहोला । तर, काम सामाजिक दायित्वले रहर मार्नुपर्ने बाध्यता छुट्टै छ । हिन्दु धर्मालम्वीहरुको महान चाड दशैले धार्मिकरुपमा मात्र नभई सामाजिक रुपमा पनि विषेश महत्व राख्ने गर्दछ ।

स्वास्थ्य, सुरक्षा, सञ्चार लगायतका क्षेत्रमा आवद्ध रहनेहरुका विवशता आफ्नै किसिमको रहन्छ । आफ्ना परिवार र साथीभाइसँगको मिलनका रुपमा समेत लिइने नेपालीहरुको महान् चाड दशैंको रौनक सर्वत्र छायको छ । तर, सुरक्षा, स्वास्थ्य लगायतका क्षेत्र नियमित सञ्चालनमा आउँछन् । यी क्षेत्रहरुका सामाजिक दायित्व पनि अलगै रहन्छ । यी सुरक्षाकर्मी, आफ्ना सामाजिक दायित्वबोध गर्दै समाजलाई सुरक्षित बनाउन तल्लिन छन् । आफन्त, परिवारसँग सुख दुःख साट्ने पर्व दशैंमा पनि कर्तव्य पालन गर्न मैदानमा खटिरहेका यी सुरक्षाकर्मी तल्लिन देखिन्छन् ।

मानवीय संवेदना यिनीहरुमा नभएको होइन तर आफ्नै काममा रमाउन उनीहरु किंचित दुःख मान्दैनन् । दसैंका बेला उनीहरू राजधानीमा हुने महोत्सव, मूर्ति पूजा र मेलामा सहभागी भएर रमाउने छन् । आफुहरुले अगालेको पेशा नै आफु अनुकुल विदा वस्न नपाउने पेशा भएकाले दशैका वेला घर जान नपाउदा मन केही खिन्न त हुन्छ नै तर पनि कामसँगै रमाउन अभ्यस्त उनीहरुमा कुनै गुनासो छैन ।

सामाजिक उत्तरदायित्व रहेको स्वास्थ्य क्षेत्र पनि उस्तै छ । २४ सैं घण्टा सेवा दिनुपर्ने स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु पनि विदाको मोह खासै राख्दैनन् । आफ्ना परिवारसँग भरपुर समय विताउन मन हुँदा हुँदै पनि कर्तव्य पालनलाई नै महत्व दिन्छन् उनीहरु । परिवारको यादले सताउने भएपनि अस्पतालमा आएर विरामीहरुको सेवा गर्न पाउँदा भने घर जान नपाएको पिडा विर्सिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यतिवेला हरेक क्षेत्रमा काम गर्नेहरु उत्साहका साथ विदा मनाइरहेका छन् । सुरक्षाकर्मीको सक्रियताले सुरक्षित महसुस गर्न सकिन्छ । समाजको उत्तरदायित्व बोकेको स्वास्थ्य क्षेत्रको संवेदनशीलता पनि छुट्टै छ ।

LIVE TV