बिबिसी । ‘फेशन डिजाइनर’ प्रबल गुरुङ नेपालमा जन्मिएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन्। उनि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन् ।
३८ वर्षको उमेरमा उनले ‘फेशन डिजाइनिङ’को क्षेत्रमा सफलता पाएको छ। पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु उनले तयार पारेको पहरिनमा छन्।
आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्। फेशन दुनियाँमा आफूलाई स्थापित गराए ।
” व्यवसाय शुरु गर्न खोज्दा संसारकै अर्थतन्त्र ओरालो लागिरहेको थियो । मलाई कतिजनाले त्यो बेला व्यापार शुरु नगर्न सुझाव दिएका थिए। पहिला म जहाँ डिजाइन निर्देशक थिएँ, त्यो काम छाडेर मैलै जुन आफ्नो बचत थियो त्यो राखेर म यहाँको बेरोजगार कार्यक्रममा सहभागी भएको थिएँ।” गुरुङले बताए ।
अहिले सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका फेशन डिजाइनिङ’को लाखौँ प्रशसंक रहेका छन्। उनको यो प्रगतिलाई हेर्दा हामीले कहिले पनि हार खाना नहुने र कुनै पनि काम गर्नलाई एकदम कडा परिश्रम चाहिने रहेको छ ।