१३ आश्विन २०७४, शुक्रबार

पछिल्लो समय धेरै नेपालीहरुले रुचाएको टेलीभिजन कार्यक्रम नेपाल आइडल जती लोकप्रिय छ साथसाथै नेपाल आइडल हुन सफल बुद्ध लामाको त्यत्तीकै फ्यान फलोईङ देखीन्छ । पोखराका बुद्ध लामा पहिलो पल्ट मिडियामा आएका छन् । एक कार्यक्रम देखा परेका बुद्धले आफु कुनै समय दोहोरी साझमा काम गर्ने बताएका छन् । २० बर्षका बुद्ध आफ्नो परिवार सहित पोखरामा बस्छन् । परिवारको आर्थिक स्थिति निकै कमजोर भएको कारण सानै उमेरमा दोहोरी साझमा काम गरेर पारिवारको साथै आफ्नो पढाईको खर्च उठाउने गरेको बुद्धले बताए ।

मैले नेपाल आइडलको टाइटल जित्छु भनेर सोचेको थिइन् । परिवारको आर्थिक स्थिती निकै कमजोर भएको कारण आफ्नो पढाईको साथै परिवारको खर्च जम्मा गर्नु पर्ने बाध्यता थियो । बुद्ध भावुक हुदै भन्छन् । संगीतमा सानैबाट इच्क्षा भएका बुद्धले आफु गीतसंगीतमा यसरी सक्रिय हुन्छु भनेर सोचेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV