१३ आश्विन २०७४, शुक्रबार

 

बैंकक, १३ असोज , थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो ।

उहाँले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बस्नुभएको छ ।

उहाँलाई यसअघि नै थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उहाँ अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।

उहाँ अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वाेच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उहाँ गत महिना देश छोडेर भाग्नुभएको समाचार आएको थियो ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्
LIVE TV