१३ आश्विन २०७४, शुक्रबार

 

काठमाडौँ, १३ असोज, प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई हिजो  स्वदेश फर्कनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी  अबुधावी हुँदै स्वदेश फर्कनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।

स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताउनुयभो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV