
खोटाङ । बुधबार राति विद्युत सर्ट भएर आगलागी हुँदा खोटाङमा एक परिवारको विचल्ली भएको छ । आगलागीमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ईश्वर खड्काको घर जलेको छ ।
ढुंगामाटोले बनेको दुई तले घरमा आगलागी हुँदा खड्काको ४ लाख रुपैयाँ, १३ लाख ८० हजार रुपैयाँ बराबर सुनचाँदी क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले जनाकारी दिए ।