१२ आश्विन २०७४, बिहीबार

भोजपुर । ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ ।

विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद रु ८२ हजार २२८ सहित लत्ताकपडा हस्तान्तरण गरेको हो ।

गाउँपालिका उपप्रमुख सम्झना राई र नेपाली काँग्रेस जिल्ला सदस्य सीताराम राईले सो नगद र लत्ताकपडा बिरामीलाई हस्तान्तरण गर्नुभएको अभियानका अध्यक्ष एकराज भुजेलले जानकारी दिनुभयो ।

मगरको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद र लत्ताकपडा वितरण गरिएको काँग्रेस जिल्ला सदस्य सीताराम राईले बताउनुभयो ।

काठमाडाँै बसेर जिल्लाका लागि काम गर्दै आएको अभियानले मगरको उपचारमा सहयोग गर्न अपिलसमेत गरेको छ । आर्थिक अवस्था कमजोर रहेका मगर हाडजोर्नी कुहिने रोगका कारण थला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV