
१२ असोज २०७४
काठमाडौं । सौगात मल्ल र बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को पहिलो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। भिडियोलाई सिमोश सुनुवार र नीशा अधिकारीले कोरियोग्राफ गरेका हुन्।सनिश सुनुवारको शब्द तथा संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीले स्वर दिएका छन्।
फिल्मलाई अभिनेत्री नीशा अधिकारीले निर्माण गरेकी हुन्।