१२ आश्विन २०७४, बिहीबार

बाग्लुङ। बाग्लुङमा ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । ग १ त ४४७१ नम्बरको ट्याक्टरमा ब्लक लोड गरि पर्वतबाट काठेखोला जाँदै गर्दा बागलुङ – १ खुतुर्केघाटमा ट्याक्टरबाट खसेर सह–चालक हुम्लाका १७ बर्षिय राजु परियारको ज्यान गएको प्रहरीले बताएका छन्  ।

ट्याक्टर चलिरहेको अवस्थामा सह–चालक परियारको चप्पल भुईमा झरेको र टिप्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो । (उज्यालोमा ) छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV