१२ आश्विन २०७४, बिहीबार

बर्दिया । निर्माणाधीन भेरी बबई डाईभर्सन वहुउद्देश्यीय आयोजनाको मेसिनबाट सुरूङ खन्ने काम सुरु भएको छ । सिँचाई मन्त्री संजयकुमार गौतमले फूलपातीको अवसर पारेर मेसिनको स्वीच थिचेर उद्घाटन गरी सुरूङ खन्ने काम शुरुवात गरिएको छ ।

नेपालमै पहिलो पटक चुरे पहाडमा प्रयोग स्वरुप सुरु गरिएको ९टीवीएम० मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भैसकेको छ । नेपालको शिवालिक ९चुरेक्षेत्रमा० प्रयोग गरिएको मेसिनको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनाहरुमा समेत सफलता मिल्ने सिँचाई मन्त्री संजयकुमार गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV