१२ आश्विन २०७४, बिहीबार

१२ असोज २०७४

काठमाडौ । दसैंको समयमा हुन सक्ने दुर्घटना र जोखीमलाई ध्यान दिएरयसको सतर्कताको लागी महानगरीय ट्राफिक प्रहरीले बिशेष योजना अन्तर्गत थप चेकिङ स्वरुप चौबीसै घन्टा मापसे ९मादक पदार्थ सेवन० चेकिङ गरिरहेको छ।

दसैंको समयमा दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने र जसको कारण दुर्घटनालाई मध्यनजर गर्दै २४ सै घन्टा मापसे चेकिङ भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए ।साथै क्षमताभन्दा बढी यात्रु बाकेर तीव्र गतिमा सवारी चलाउने, यात्रुसँग बढी भाडा असुल्ने, मिटरमा जान नमान्ने ट्याक्सीलाई समेत कारबाही थालेको जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV