१२ आश्विन २०७४, बिहीबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिएका छन् । रासायनीक हतियार राखेको आलोचना खेपिरहेको रुसले हतियार नष्ट गर्ने प्रतिवद्धता जनाएको थियो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफूसँग भएका सबै रासायनिक हतियार नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको बताएका हुन् । रुसी समाचार समितिले उनलाई उदृत गर्दै रुसमा रहेको अन्तिम यस्तो हतियार पनि नष्ट गर्ने योजना बनाएको उल्लेख गरेको छ । गए राति अबेरसम्म सबै हतियार नष्ट गरिएको बताइएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकाले भने यस्ता हतियार नष्ट नगरेको आरोप लगाएका छन् । उनले यस्ता हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएको भए पनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप पनि लगाए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV