१२ आश्विन २०७४, बिहीबार

अशोज १२ गते, २०७४

काठमाडौं । राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था बिदाको दिनमा पनि खुल्ने भएका छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक बिहीबार घटस्थापनाको दिन पनि खुलेका थिए ।  १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्नेछन् ।

मेगा, सानिमा, एनआर्इसी एसिया, प्रभु, एभरेष्ट, सिटिजन, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलार्इ सेवा दिने कार्य तालिका बनाएका छन् । १३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV