१४ श्रावण २०७४, शनिबार

काठमाडौं । रोजगारी सुरक्षित गरिदिन माग गर्दै नेपाली सेना र पूर्वराजा ज्ञानेन्द्रलाई गुहारेका अस्थायी शिक्षकहरुले तीन न्यायाधीसमाथि महाभियोग लगाउन माग गर्दै शनिवार सभामुख ओनसरी घर्तीलाई निवेदन दिएका छन् ।शनिवार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध कार्यक्रम गरे पनि पाँच जना अस्थायी शिक्षकहरुले संसद सचिवालयमा सभामुख समक्ष निवेदन दर्ता गराएका हुन् ।

जनप्रभात मावि कालीमाटीका शिक्षक शरदकुमार मिश्र, शमीभञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, पशुपतिमित्र मावि चावहिल काठमाडौंकी शिक्षक प्रार्थना खनाल, सिर्जनशील जनता मावि काभ्रेका शिक्षक डम्मरबहादुर लामा, चामुण्डा मावि जोरपाटीका प्रधानअध्यापक यादवप्रसाद पौडेल, चक्रेश्वर मावि काभ्रेका शिक्षक हरिप्रसाद घिमिरे र सोही विद्यालयका युवराज दहालले निवेदन दर्ता गराएका हुन् ।

न्यायाधीसले तालिम, शिक्षक लाइसेन्स नभएर तथा शिक्षा विषय नपढेका, लियन ९राख्नेरबस्ने०, स्थायीका कार अस्थायीबाट विस्थापित भएका र अस्थायी मध्ये ५१ प्रतिशत शिक्षकको खाइपाई आएको रोजगारी खोस्ने बदनियत राखी शिक्षक सेवा आयोगले २०६१ मा भएको विज्ञापन नै लुकाएर पठाएको पत्रका अधारमा अन्तरिम आदेश नदिने नदिएको उनीहरुको आरोप छ ।

LIVE TV