१४ श्रावण २०७४, शनिबार

काठमाडौँ। पत्रकार चक्रपाणि नेपालले लेख्नुभएको ‘नागबेली’ नामक पुस्तक आजदेखि बजारमा आएको छ ।आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तकको लोकार्पण गर्नुभयो ।

सो अवसरमा उहाँले उक्त पुस्तकबाट युवाहरु लाभान्वित हुने बताउँदै विदेशी सञ्चार तथा टेलिभिजनको आगमनबाट युवाहरुमा पुस्तक पढ्ने बानी हट्दै गएकोमा यस्ता पुस्तकबाट पुस्तक पढ्ने बानीमा विकास हुने बताउनुभयो ।नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले देशको विकासका लागि युवाहरुलाई सकारात्मक सोचको विकास गर्नुपर्ने बताउँदै उक्त पुस्तक युवाका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो ।

सञ्चारकर्मी बविता बस्नेत, संस्कृतिविद् रमेश ढुंगेल, लेखक चक्रपाणि नेपाल र डा चन्द्रमणि भण्डारीले पनि बोल्नुभएको थियो ।बीस अध्यायमा विभाजित उक्त पुस्तकमा लेखकको स्थलगत भ्रमण, यात्रा संस्मरण, संस्कृति तथा समाजका समस्याहरु खोटो सिक्का, खानेपानीको समस्या आदि शीर्षकमा समावेश गरिएको छ ।

LIVE TV