१२ श्रावण २०७४, बिहीबार

काठमाडौं ।  अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवसर दिने भनिएतापनि त्यसपछिका सरकारले स्थायी नबनाएको भन्दै बिन्तीपत्र बुझाएका हुन् ।

लामो समयदेखि सरकारको स्वीकृत दरबन्दीमा नियुक्त भई कार्यरत अस्थायी शिक्षकहरुले स्थायीका लागि परीक्षा दिन पाउनुपर्ने र फेल भएमा सुबिधा लिने वा उमेरले मिलेसम्म जागिर खान पाउनुपर्ने माग गरेका छन् । यसक्रममा उनीहरुले आन्दोलन र अनसन समेत गरेका थिए ।

पूर्वराजा शाहलाई बुझाएको बिन्तीपत्रमा भनिएको छ ‘राजाको पालमा सबै अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि वर्तमान समयको लोकतान्त्रिक सरकारले हामी डिग्री भएका शिक्षकलाई नै स्थायी शिक्षक विज्ञापन २०७३ मा उम्मेदवार बन्न नदिएको तथा सर्वोच्च न्यायलयमा जाँदा समेत हाम्रो पक्षमा आदेश नदिएकाले हाम्रो योग्यता, अनुभवलाई कदर गर्दै रोजगारीको संरक्षण गरिदिनका लागि सरकारसँग बिन्ती पत्र जाहेर गरेका छौ ।’विन्तिपत्रमा अहिलेको सरकारलाई ‘कथित’ लोकतान्त्रिक भनिएको छ ।

LIVE TV