११ श्रावण २०७४, बुधबार

सिन्धुपाल्चोक । बाढी, पहिरोले सिन्धुपाल्चोक जिल्लामा ठूलो समस्या पैदा भएको छ । केहि दिन अघि सिन्धुपाल्चोकको लार्चा पुलमाथि पहिरो खसेर पूर्णरुपमा भत्किएपछि तातोपानी नाका र बजारबाट सामानहरु ल्याएर जीविकोपार्जन गर्ने ५ सय घरहरु विचल्लीमा परेका छन् । लार्चा पुल भत्किएपछि तातोपानी बजारसँग सम्बन्ध विच्छेद भएपछि लार्चावासीहरु विचल्लीमा परेका हुन् । एक रिपोर्
यो सिन्धुपाल्चोकको लार्चापुल ।

अहिले यसरी भत्किएपछि तातोपानी नाकासँग सम्बन्ध गाँस्न बञ्चित भएका छन् भोटेकोशीका ५ सय भन्दा बढी घरहरु । आइतबार पहिरोले लार्चा पुल बगाएपछि पहिले तातोपानी बजारको भर परेका सिन्धुपाल्चोकवासीहरु अब भने सरकारको भरमा बस्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । पहिरोले लार्चा पुल बगाएपछि सिन्धुपाल्चोकवासीहरुको आवतजावत मात्रै नभई दैनिक छाक टार्न समेत समस्या उत्पन्न भएको छ । चीनसँग जोडिएको तातो पानी नाका बन्द रहेको र सिन्धुपाल्चोक बजारसंग जोड्ने पुल भत्किए पछि सिन्धुपाल्चोकवासीहरुलाई दैनिक छाक टार्न कठिनाई भएको हो ।

२०४० सालमा निर्माण भएको लार्चा पुल अहिले पुनः उठाउन सरकारले तदारुक्ता देखाएको जनाउँदै आएको छ । केहि दिन अघि गृहमन्त्री जनार्दन शर्माले बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तर, अहिलेसम्म गृहमन्त्री शर्माले दिएको अभिव्यक्ति अनुरुप न त त्यहाँ कुनै सरकारी टोली गएको छ नन त बेलिब्रिज निर्माण गर्ने सुरुवात नै भएको छ । लार्चापुल पुलपारीका वासिन्दालाई खाद्यन्न संकट नहोस् भनेर खाद्यन्न पु¥याउनका लागि उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक र भोटेकोसी गाँउपालिकाको पहलमा तत्कालका लागी बेलि ब्रिज वा तुइनको निर्माण गर्ने संघका अध्यक्ष बेद बहादुर श्रेष्ठ बताउँछन् ।

यस्तै प्रभावित क्षेत्रका वासिन्दाहरुलाई आवत जावत गर्न र खाद्यान्न पु¥याउनको लाठि घिर्लिङ राख्ने काम तीब्र रुपमा अगाडि बढाईएको छ । विभिन्न संघ संस्थारुले पुलपारी बसोबास गरेका सिन्धुपाल्चोकवासीलाई राहत वितरणमा तिव्रता दिइरहँदा र उनीहरुलाई खाद्यान्न संकट हुन नदिन विभिन्न काम गरिरहँदा सरकार भने अहिलेसम्म पनि राहत लिएर त्यहाँ नपुग्नु भनेको लज्जास्पद विषय हो ।

 

 

LIVE TV