११ श्रावण २०७४, बुधबार

काठमाडौँ । नव नियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पदभार ग्रहण गर्नुभयो ।पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भौतिक पूर्वाधारका काममा तीव्रता दिने र सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयका काममा आएका जटिलता समाधानका लागि प्रतिबद्ध हुने जनाउनुभयो ।मन्त्री बलायरलाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत अधिकारीहरुले स्वागत गर्नुभएको थियो । उहाँलाई स्वागत गर्न र बधाई दिन मन्त्रालयमै कार्यकर्ताको पनि भीड देखिन्थ्यो ।

LIVE TV