११ श्रावण २०७४, बुधबार

काठमाडौः नेकपा माओवादी केन्द्र पेरिसडाँडामा आज विहान बसेको बैठकले वर्तमान कोग्रेस नेतृत्वसरकारमा सहभागी हुने ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङगो लगाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार
स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेल , ऊर्जा मन्त्रीमा महेन्द्रबहादुर शाही,सामान्य प्रशासन मन्त्रालयमा टेकबहादुर बस्नेत,पशुपंछी मन्त्रालयमा सन्तकुमार थारु चौधरी लाई पठाउने निर्णय गरीएको साथै शिवकुमार मण्डल र आशा खनाल कोइरालालाई कुन मन्त्रालय पठाउने यकीन भइनसकेको  जानकारी दिए।

राज्यमन्त्रीमा रामसिंह यादव, जाकिर हुसेन र शम्भू श्रेष्ठको नाम टुंगो लागेको छ। अन्य थप २ राज्यमन्त्रीसमेत टुङग्याउने तयारी भइरहेको श्रेष्ठले बताए।

 

LIVE TV