
काठमाडौं । आजबुधबार अपरान्ह चार बजे मन्त्रिपरिषद बिस्तार अन्तर्गत नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ ।
राष्ट्रपतिको कार्यलयमा हुने सपथ समारोहका लागि सम्भावित मन्त्रिहरुलाई चार बजेका लागी तयारी रहन प्रधानमन्त्रीको कार्यलयले खवर गरेपनि क्याविनेट बैठकको निर्णय भने हुन बाँकी रहेको प्रधानमन्त्रीका एक सहयोगिले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।