११ श्रावण २०७४, बुधबार

काठमाडौं । गायक बीर कृष्ण लवटको ‘म त होइन तिम्रो’ पप गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश्वर तण्डुकारको शब्द तथा संगीतमा ‘म त होइन तिम्रो’ गीतलाई गायक लावतले आकर्षक आवाज दिएका छन् ।

युवा पुस्ताको लभस्टोरीलाई प्रस्तुत गर्ने गायक लवटको यो गीतमा उनी आफैले फिचरीङ पनि गरेका छन् । उनलाई अञ्जी निरौलाले साथ दिएकी छिन् भने सपोर्टिङ मोडलको रुपमा निर्जरा, सुजन, सेवन, सतुर्गन, सुशिल र श्रीले साथ दिएका छन् ।
गायक लवटको यो भिडियोलाई किरण श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् । गायक लावत नेपाली गीत संगीतको क्षेत्रमा धेरै लामो समय देखि आवद्ध हुँदै आएका छन् । उनले बि।सं। २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए ।

 

<iframe width=”460″ height=”215″ src=”https://www.youtube.com/embed/gXi5bWlQIkE” frameborder=”0″ allowfullscreen></iframe>

LIVE TV