११ श्रावण २०७४, बुधबार

काठमाण्डौ । चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई चलचित्र निर्मात्री तथा हालका जल्दावल्दा नायक अनमोल केसीको आमा सुस्मिता केसी (बम्जन) ले फेसबुकबाट गाली-बेइज्जती गरेको भन्दै रसाइलीले फेसबुकमा स्टेटस लेख्दै आफु दलित समुदायमा पर्ने आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान रहेको भन्दै जात सोध्नुको कारण के हो भनेका छन्। रसार्इलीले सुस्मितालाई स्टार मलको पहिलो तल्लामा बसेर धित मरुन्जेल रमाईलो गराइदिने कुरा समेत लेखेका छन् ।

रसाइलीलाई निर्मात्री केसीले फेसबुक च्याटमा उनको जात सोध्नुको साथैं स्टाटसमा उनले ‘उत्सव बहिनी’ भन्दै सम्बोधन गरेकी थिइन् भने फेरि ‘सरी उत्सव भाइ’ लेखेकी थिइन् ।

केसीको यस्तो हर्कत पछि रसाइलीले फेसबुकमा लेखेका हुन्। उनले नायक अनमोल केसीलाई आफ्नो आमालाई सम्हाल्न र आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्न सुझाब समेत दिएका छन्।
चलचित्र क्षेत्रमा हरेक वर्ष एक अर्कालाई गर्ने आरोप प्रत्यमरोप बढ्दै गएको छ । यस्ता घटनाहरु बढ्दै जाने र सबैजना टुलुटुलु हेरेर बस्ने हो भने, चलचित्र क्षेत्रको बदनाम हुनेछ । यो बिषयमा फेरि एकपटक सबैले सोच्नुपर्ने बेला आएन र ?

यस्तो छ स्टेटस :

 

LIVE TV