११ श्रावण २०७४, बुधबार

काठमान्डौं । चलचीत्र छक्कापन्जाको अहिलेको चर्चित गीत “ए दाजु नसमाउ नाडीमा जान्न म त डिजेलको गाडीमा” सार्वजनीक भएदेखी नै विवादमा मुछीएको छ ।

यो गीत वीवादीत हुनुमा यस गीतको संगीत संयोजनको विषय रहेको छ यस गीतको संगीत संयोजनमा अल्मोडा रानाको नाम राखी सार्वजनीक भएकोमा सामाजीक संजालमा ब्यापक बिरोध जनाउँदै यस गीतका मूख्य एवं वास्तवीक सर्जक स्वर्गीय कान्छा मगर भएको तथ्य बाहीर आएपछी निर्माण युनीटले सच्याउँदै गीतको वास्तवीक सर्जक कान्छा मगर नेपाली नै हुन् भनी यस गीत सार्वजनीक गर्दै आएको छ ।

यद्दयपी सामाजीक संजालमा यस विषय वीवाद सेलाइसकेको छैन र अनेकौं टिका टिप्पणीले भरीएको प्रश्नको जवाफ र स्पस्टीकरण दींदा दींदा दिपकराज गीरी हैरान भएका छन् ।

दिपकले फेसबुकमा स्टाटस् लेख्दै पर्दाफास गरे -“यो गीत चोरीएको होइन वास्तवीक सर्जकको नाम गायक अल्मोडारानाले मेरो सामु नल्याएको तथ्य थाहा भयो जव थाहा पाएँ तुरुन्त यो गीतको वास्तवीक कम्पोजरको नाम क्रेडीट टाइटलमा राख्न लगाएँ ,हामीलाई पनि अँध्यारोमा राखीएको रहेछ ।”

 

LIVE TV