११ श्रावण २०७४, बुधबार

काठमाण्डौ । यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ औं साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका जिम्बा जाङबु शेर्पाले पुन अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः सन्तबीर लामा र निमी शेर्पालाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारिसकेको छ । यो अवस्थामा पूर्वअध्यक्ष जिम्वाजाङबु शेपा पनि एनएमएको नेतृत्वमा अघि सर्दै छन् ।

नेपाल पर्वतारोहण संघको अस्तित्व जोगाउनको लागि सर्वोच्च अदालतमा विगतमा २ वर्षसम्म मुद्दा–मामिलामा बिताईरहेका जिम्बा भन्छन्, ‘पुनः जिल्ला प्रशासन कार्यालयले ‘फेरि निर्वाचन गरि नयाँ कार्यसमिति चयन गर्नु’ भन्ने आदेश दिएपछि नयाँ निर्वाचन भयो । सो निर्वाचनबाट म अध्यक्षमा निर्वाचित भए । यसरी विवादै विवादकाबीच असन्तुलित ढंगबाट निर्वाचित भई आएको हुदाँ मैले सो कार्यकालमा सोचे अनुरुप काम गर्न पाइन् । त्यसैले अध्यक्षको दाबेदारी प्रस्तुत गरेको हुँ ।’ उनले थपे, ‘तैपनि सबै असन्तुष्ट पक्षलाई समेट्दै मैले ३० बर्षपछि नेपालमा यूआइएएको साधारणसभा सफलतापूर्वक सम्पन्न गरें । हालका अध्यक्षलाई एसियाबाट नेपाललाई यूआइएएको हनोररी मेम्बर बनाउन सफल भए । यद्यपी त्यो बेलाका अधुँरा कामहरु पुरा गर्ने मेरो धोको छ ।’

उनले बजारमा अध्यक्षको रुपमा ज-जसको नाम आइरहेको छ । उनीहरुबाट एमएमएको बचाउ होला जस्तो नलागेकाले उम्म्द्वारी दिन खोजेको बताए ।

उनीहरु विगतदेखि नै कसरी हुन्छ, एनएमएलाई सिध्याउने भनेर लागेका व्यक्ति र पार्टीबाट सञ्चालित रहेको समेत उनले आरोप लगाए । उनले भने, ‘अबको निर्वाचन भनेको पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाई हो ।

जिम्बा एक स्वतन्त्र पर्यटन व्यवसायी पनि हुन् । ४० वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशिलमा आबद्व छन् । उनी यो पार्टी, उ पार्टी भन्दा पनि विशुद्व व्यवसायी र एनएमए बचाउन अभियानमा लागेको बुझिन्छ ।

संघको उद्देश्य र पर्वतारोहणको महत्व वुझ्ने, संघको हकहितको लागि लड्ने विशुद्व पर्वतीय पर्यटन व्यवसायमा लागेका, विवादरहित व्यक्तिलाई संघको अध्यक्षमा निर्वाचित गरिदिनहुन उनले सबैसामू अपिल पनि गरेका छन् ।

उनले हामीसँगको कुराकानीमा भने, ‘एमालेका व्यवसायीहरुलाई पनि मैले जित्ने मान्छेलाई सहयोग गर्नुस् भनेको छु, तर उहाँहरुले मलाई लिनुभएन । फ्याँकिदिनु भो । अब कांग्रेस समर्थित व्यवसायीहरुले पनि आजसम्म मलाई छान्नुभएको छैन् । तर पनि मलाई विश्वास छ । कांग्रेस, एमाले र माओवादी तीनै पार्टीमा आबद्ध व्यवसायी जो एनमएमलाई माया गर्छन् । नेपालको पर्वतीय पर्यटनको विकासमा रातदिन लागेका छन् उनीहरुको मलाई सहयोग रहन्छ ।’

सहमतिय नेतृत्वका लागि तपाई छोड्न पनि तयार हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले अँ…….ह , त्यो सम्भव छैन् । सहमति भए मेरै नेतृत्वमा हुनुपर्छ । पर्वतीय पर्यटनलाई कोही व्यक्ति वा समूहलाई प्रयोग गरि पर्वतीय पर्यटनलाई ध्वस्त पारी एकलौटी कब्जा गर्न खोज्ने तत्वहरुलाई परास्त गर्नु अहिलको आवश्यकता रहेको बताए ।

उनी भन्छन्, ‘कुनै पनि हालतमा पछि हट्दिन् । यो पिक खोस्ने र पिक बनाउने बिचको लडाईं हो । अहिलेका उम्मेद्वारहरु एनएमएको पिक खोस्नुपर्छ भन्ने पक्षबाट सञ्चालित हुनुहुन्छ । संघको गरिमा र देशकै नमूना पर्वतारोहण व्यवसायलाई आफु खुसी बनाए, धमिल्याउन खोज्नेहरुलाई बेलैमा खबरदारी गर्नू हामी सबै पर्वतीय पर्यटन व्यवसायीको कर्तव्य हो । अन्तर्राष्ट्रिय जगतमा नेपाल पर्वतारोहण संघको छवि उच्च रहेको छ । त्यो छविलाई जोगाउन मात्रै होइन पर्वतारोहणमा नयाँ आयाम थप्न जरुरत छ । त्यसका लागि मेरो नेतृत्व जरुरी छ ।’

LIVE TV