११ श्रावण २०७४, बुधबार

जनताले दवाव दिन छोड्ने हो भने यहाँ रेट कार्ड टाँसेर घुस लिइन्छ । पत्रकारीता विक्यो भने मुलुकनै बेच्न पछि नपर्नेहरु छन् यहाँ । त्यसैले तपाई हामीले वाच डग को भुमीका निभाउनु जरुरी छ । कराउनु जरुरी छ तर डराउनु जरुरी छैन । भनिन्छ बोल्न सक्नेहरुको मौनताको कारण समाज पछाडी पर्छ । ठगीनेहरु शान्त बस्नु भनेको ठगहरुलाई अझै ठग्ने निम्तो कार्ड दिनु जस्तै हो । हिलाम्मे बाटो अव्यवस्थीत कार्यालय,कछुवाले पनि सजिलै जित्ने गतीका कर्मचारी,व्यापारी र ठेकेदारको चंगुलमा फसेर केही प्रतिशत कमिशनमा ¥याल चुहाउने मन्त्री जो आँफैलाई भोट दिने जनताको पेटमा लात हान्न एक मिनेट सोच्दैनन । यस्तो सिस्टमा रहुन्जेल जुन सुकै तन्त्र आएपनी काम गर्दैन ।

इमान्दारीता २/४ लाखमै डगमगाउने द«व्य पिचासहरुले तपाई हाम्रो भविष्य अन्धकार नै बनाइदिए र फलस्वरुप कर्मठ, इमान्दार, क्षमतावान, आर्दशवादी र स्वाभीमानी मानिसहरु जाबो २ छाक खान र छोराछोरी पढाउन विदेश जान बाध्य छन् । राष्ट्रिय गौरवका २ वटा मात्र आयोजना शुरु होस त, जाबो २०/२५ हजार कमाउन धेरैले विदेशी पदैन । राजनीतिक भाग बण्डाको लडाइ होइन लगानी मैत्री मुलुक बनाउन लड्नु प¥यो । राजनीति मात्र स्थीर होस, यो देशले दान माग्नु पर्दैन ,लाइन लागेर लगानीकताएहरु आउँछन् । त्यतीखेर विदेशीहरुलाई पनि शायद वर्कीङ भिषा मा यो देशमा बोलाउनु पर्ला ।

भिजन नभएका केही बुढाखाडा र उमेरले मात्र युवा तर केही गर्छु भन्ने सोच र जोश नभएका नेताहरुले ठाँउ ओगटेका कारण हाम्रो लाली जोबन यिनैलाई गाली र आलोचना गर्दै बित्ने भो । विकास र निकाश अड्काउनेलाई चिन्न पाए र चिनेपछी सात भञ्ज्याङ कटाउन पाए क्या मज्जा आउथ्यो होला ।

LIVE TV