११ श्रावण २०७४, बुधबार

दोलखा । ६ बर्षअघि मामाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

२०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।

उक्त घटनाको अनुसन्धाको क्रममा मृतक विनोदको भान्जा भीमेश्वर नगारपालिका वडा नम्बर ३ का विक्रम विकलाई ६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

LIVE TV