१० श्रावण २०७४, मंगलवार

 

काठमाण्डौ । उद्योग वाणिज्य महासंघ भवानी राणाले सरकारले विभिन्न मुलुकहरुसँग आर्थिक कुटनीतिका लागि पहल गर्नुपर्ने भन्दै परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई सुझाव दिनुभएको छ । उहाँले सरकारले नेपालमा उद्योग र व्यापारमा बृद्धि गर्नका लागि सरकारले विभिन्न मुलुकहरुसँग अर्थतन्त्रको हिसाबले कुटनीतिक पहल चालेर अर्थतन्त्रलाई उकास्नुपर्ने बताउनुभयो ।

मंगलवार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन् । भेटमा नेपालको समृद्धिका लागि आर्थिक कूटनीति मुख्य आधार भएको उल्लेख गर्दै महासंघकी अध्यक्ष भवानी राणाले नेपालको आर्थिक विकासका लागि आवश्यक व्यापार बढाउन र लगानीको वातावरण बनाउन पनि आर्थिक कूटनीति अति आवश्यक भएको भन्दै कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छलफलपछि जानकारी दिनुभयो ।

छलफलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले आर्थिक कूटनीतिलाई प्रभावकारी ढंगले अघि बढाउन निजी क्षेत्रसँग आवश्यक परामर्श लिन सरकार प्रतिवद्ध रहेको समेत बताउनुभएको थियो । महासंघले नेपालको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्रयाउन उद्देश्यका साथ आगामी मंसीरभित्र अन्तर्राष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने योजना बनाएको छ ।

 

LIVE TV