१० श्रावण २०७४, मंगलवार
  • दानबहादुर बुढा

मुगु । खुला आकाश नीतिको भरपुर फाइदा उठाउदै आएका निजी क्षेत्रका विमान कम्पनीहरुले दुर्गम क्षेत्रका वासिन्दाहरुको भने ढाड सेक्न थालेका छन् ।

सस्तो नभई महंगो बन्दै आएको नेपालको हवाई सेवा दुर्गम भेगका वासिन्दाहरुका लागि भरपर्दो यातायातको साधन पनि हो । बाध्यता र विवशतावस धेरैले हवाई सेवा नै रोज्दै आउनु परेका कारण पनि विमान कम्पनीहरु सर्वसाधारणको यही विवशतालाई फाइदामा परिणत गर्न कञ्चित पछि हट्ने गरेका छैनन् ।

मुगुको रारा बिमानस्थलमा नियमित रुपमा उडान भर्दै आएका निजी विमान कम्पनीहरुले यात्रुहरुबाट चर्को हवाई भाडा असुल्न थालेका छन् । विना कारण विमान कम्पनीहरुले विमानको भाडा बढाएपछि मुगुबाट आवतजवात गर्ने यात्रुहरु चर्को भाडा तिर्न बाध्य भएका छन् । वर्षाका कारण मुगु सदरमुकाम गमगढी नाग्मा सडक अवरुद्ध भएको मौका छोपेर निजी विमानहरुले चर्को भाडा असुल्न थालेका हुन्

। रारा बिमानस्थलमा नियमित उडान भर्दै आएका सीता, गोमा र ताराले नेपालगञ्ज तर्फ जाने यात्रु बाट ७ हजार देखि ८ हजार भाडा असुल्न थालेका छन् । पुरनो भाडादर ४ हजार २ सय ८० बाट एकै चोटी ८ हजार पु¥याएको यात्रुहरुको गुनासो छ । नेपालगञ्जमा यात्रु र कार्गो समान नहु“दा जहाज रित्तै बोलाउनु पर्ने भएकोले दुबै तर्फको भाडा जोडेर ७ हजार देखि ८ हजार लिनु परेको एयरलाइन्सका कर्मचारीहरुको जिकिर छ । तर उता नेपालगञ्ज देखि रारा आउने यात्रुबाट पनि ८ हजार ५ सय भाडा लिने गरेको यात्रुहरुको भनाई छ । नेपालगंजबाट आउन पहिला पुरानो भाडादर ५ हजार मात्र रहेको थियो ।

विमानले चर्को भाडा असुल्न थालेपछि सर्बसाधारण तथा बिरामी समेत मारमा परेका छन् । तारा ताल्चा बिमानस्थलमा हवाई भाडा एकरुपता नहु“दा यात्रुहरुले आर्थिक कठिनाई व्यवहोर्दै आएको विषयलाई लिएर नेपाली काँग्रेस मुगुले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गरेको छ । बर्षामा सडक अवरोध हुने हुँदा विमान कम्पनीहरुले सडक अवरोध भएको मौका छोपेर चर्को भाडा असुल्ने गरेका छन् । यस्तै सवै यात्रु तथा सर्वसाधरणले सिधै टिकट नपाउने तथा ब्ल्याकमार्फत महंगोमा बेच्ने गरेका कारण सोझा सिधा जनताले विमानको टिकट पाउन मुस्किल हुने गरेका छन् ।

 

 

LIVE TV