१० श्रावण २०७४, मंगलवार

विराटनगर । विराटनगर–११ स्थित केशलिया खोलामा आज मध्याह्न एक बालक डुबेर बेपत्ता भएका छन् ।

विराटनगर–१२ बस्ने १५ वर्षीय किशोर सन्दीप राई बेपत्ता भएका हुन् । उनी चारजना साथीका साथ सो खोलामा नुहाउने क्रममा डुबेका हुन् । राई डुबेलगत्तै उनका साथीहरु भागेका थिए । ती बालकको उद्धार गर्न प्रहरीका साथै स्थानीयवासी जुटे पनि अपराह्न ४ बजेसम्म फेला पार्न सकिएको छैन ।

LIVE TV