१० श्रावण २०७४, मंगलवार

सर्वोच्च अदालत अब कार्यालय समयबाहेक अतिरिक्त समयमा पनि खुल्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गरेको नियमावली २०७४ मा अतिरिक्त समयमा पनि अदालत खोल्ने व्यवस्था गरिएको हो ।

सर्वोच्च अदालतको नयाँ नियमावलीमा अतिरिक्त समयमा समेत अदालत सञ्चालन हुने व्यवस्था गरिएको छ । अव अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने सर्वोच्च अदालतले जनाएको छ । यस्तै, शुक्रबारसमेत अपराह्न ४ बजेसम्म सर्वोच्च अदालत सञ्चालनमा आउने भएको छ ।

नियमावलीमा सर्वोच्चले आफ्नो र मातहतको अदालतका लागि विशेष चिह्न अंकित झन्डा र प्रतीक प्रयोग गर्न सक्ने उल्लेख छ । नियमावलीमा विद्युतीय माध्यमबाट लिखत दर्ता हुन सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी अव फैसलाको संक्षिप्त प्रतिसमेत इजलासले तत्काल उपलब्ध गराउनुपर्ने छ ।

 

LIVE TV