१० श्रावण २०७४, मंगलवार

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको छ । सोमाबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो । प्रतियोगितामा यसअघिको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

विश्वकपका लागि छनौट हुन नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्नु पर्ने हुन्छ । रनअन्तर कम भएमा अफगानिस्तानलाई हराए पनि नेपाल विश्वकपका लागि छनौट हुने छैन । डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतिगिताको शीर्ष स्थानमा रहेने टिम विश्वकपका लागि छनौट हुन्छ ।

LIVE TV