९ श्रावण २०७४, सोमबार

काठमाण्डौ । शंकास्पद मृत्युमा मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिन्छ । नेपालमा पोष्टमार्टम गर्ने फरेन्सिक चिकित्सा शास्त्रको पहिचानसम्म नगरिदा पोष्टमार्टम जस्तो संवेदनशील कार्यको ब्यबस्थापन नभएको फरेन्सिक बिशेषज्ञले गुनासो गरेका छन् ।

वीर अस्पतालको भद्रगोल पोस्टमार्टम कक्ष काम चलाउको लागि टिचिंङ अस्पताल सारेको १८ बर्ष सम्म पनि काम चलाउ शैलीमै छ । ३ बर्ष भन्दा बढी समय देखि राखिएका बेबारिसे शवहरुको उचित व्यवस्थापन गरिएको छैन। बिग्रिएका फ्रिजहरुमा राखिएका शवको दुर्गन्धले बसिनसक्नु बनेको छ टिचिङ अस्पतालको फरेन्सिक बिभाग । तर पनि सम्बन्धित निकायको ध्यान नजानु दुःखद बनेको छ ।

कुनैपनि मानिसको शंकास्पद मृत्युमा मृत्युको कारण पत्ता लगाउन मृतकको पोस्टमार्टम गरिन्छ । फरेन्सिक चिकित्सा शास्त्रको उदेश्य नै अदालती कामकारबाही शंकास्पद मृत्यु भएकाहरूको शरीर चिरफार गर्ने हो । कसैको हत्या भएको हो या भवितव्य, पत्ता लगाउने जिम्मा फरेन्सिक बिशेषज्ञ कै हुने गर्छ । तर नेपालमा पोष्टमार्टमको लागि चाहिने उपकरण जनशक्ति प्याथोलोजी ल्याब लाश राख्ने फ्रिज लगायत उचित ब्यबस्थापनमा सरकारले बेवास्ता गरेको छ ।

३ बर्ष भन्दा बढी समय देखि राखिएका शवहरु बिग्रिएका रिफ्रिजेरेटरमा सडिरहेको छ तर पनि शिक्षण अस्पताल प्रशासन यसबारे बेखबर झै देखिएको छ । कति सम्म भने बेबारिसे शब राख्ने फ्रिजहरु भएको यो स्थानमा बिद्युत जाँदा सबै फ्रिज बन्द हुन्छ । जेनेरेटरको ब्यबस्था समेत छैन त्यसैगरी पोस्टमार्टम गर्ने स्थानमा पानीको अभाव सदैव भैरहेने चिकित्सकहरुको गुनासो छ ।

 

 

LIVE TV