९ श्रावण २०७४, सोमबार

प्रदीप (संवाददाता)
राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का रुपमा नलिन सरकार र राजनीतिक दलहरुलाई चेतावनी दिएको छ । व्यवस्थापिका संसदमा राजपाका सांसदहरुले आफूहरुको धैर्यतालाई कमजोरी नसोच्न भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

सोमवार संसद बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संशोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । उहाँले राजपाले सरकारले दिएको आश्वासनमा केहि समय पर्ख र हेरको रणनीतिमा रहेको भन्दै धैर्यतालाई कमजोरी सोच्ने दुष्टता नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले यथास्थितिमा निर्वाचनमा सहभागी हुन नसक्ने समेत बताउनुभयो । राजपालाई निर्वाचनमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति असोज २ लाई तोकेपनि राजपाले भने निर्वाचनमा भाग लिने विषयमा भने कुनै धारणा बनाएको छैन ।

 

 

LIVE TV