९ श्रावण २०७४, सोमबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्विनीलाई अन्तराष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले बुद्धसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास र विदेशी नागरिकलाई समेत बुद्धको जन्मको विषयमा अध्ययन गर्न सहज हुने भन्दै केन्द्रको स्थापना गरिने बताउनुभयो ।

सोमबार काठमाडौंमा आयोजित लुम्विनी बौद्ध विश्वविद्यालयको ८ औं विश्वविद्यालय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्ध नेपालको मात्र नभई विश्वकै ज्योति भएको स्मरण गर्दै बुद्धको विषयमा अध्ययन केन्द्र स्थापना गरिने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले स्वदेशी र विदेशीलाई अध्ययन गर्न सहज हुनका लागि पाठयक्रम निर्माण गर्न पनि लुम्विनी बौद्ध विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिनु भयो ।

 

कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्विनी बौद्ध विश्वविश्वविद्यालयको स्थापनाको उद्देश्य पनि लुम्विनीलाई विश्वभर बुद्धिष्टहरुको अध्ययन केन्द्रको थलो बनाउनु रहेको स्पष्ट पार्नुभएको थियो ।

LIVE TV