९ श्रावण २०७४, सोमबार
  • सुवास गौतम

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकोले उनीहरुको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि काठमाडौं पठाइएको बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यू हुनेहरुमा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्त पाइजा, वडा नं. ८ रणसिंहका नरवहादुर शेर्वुजा, र गाडीचालक वडिगाड ४ जलजलाका तुलवहादुर पुन रहेका छन् । त्यस्तै वडिगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भीमवहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भीर रहेको छ भने वडा नं. ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भीमबहादुर श्रीस घाइते भएका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ । जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ । गाडीका मालिक मनवहादुर पुनले ढुँगा ओट राखि जीप रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको ग्वालिचौर प्रहरीका प्रमुख विष्णु लम्सालले वताउनु भयो ।

LIVE TV