९ श्रावण २०७४, सोमबार

जिल्ला शिक्षा कार्यालय दाङले लामो समय देखि थाँती राखेको दरबन्दी मिलान प्रक्रिया स्थानीय तहका जनप्रतिनिधिको सहमति पछि अघि बढाएको छ । साउन २२ गतेभित्र दरबन्दी मिलान गरिसक्ने सहमति भएको हो ।

 

स्थानीय तहका जनप्रतिनिधीहरु, जिल्ला शिक्षा समितिका सदस्यहरु तथा शिक्षक संघसंगठनका प्रतिनिधीहरु बिच भएको छलफलले दरबन्दी मिलान गर्ने सहमति गरे छ । जिल्लामा अपुग दरवन्दी माग गर्ने निर्णय समेत भएको छ । दरबन्दी मिलान स्पष्ट मापदण्ड बनाई तह अनुसार दरबन्दी बढी भएका बिद्यालयबाट कम भएका बिद्यालयमा स्थानान्तरण गर्ने र अपुग भएको दरबन्दी मन्त्रालयसंग माग गर्ने निर्णय भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

हाल दरबन्दी मिलान नहुँदा जिल्लामा प्राथमिक विद्यालय तहमा १ सय ३४ दरबन्दी बढी रहेको छ । यस्तै निम्न माध्यामिक विद्यालय तहमा ३ सय ३८ र माध्यमिक तहमा २ सय १९ शिक्षक दबरन्दी अपुुग रहेको छ । जिल्लामा रहेका ४ सय २१ सामुदायिक बिद्यालय मध्ये १ सय ९ बिद्यालय शून्य दरबन्दीमा चलिरहेका छन् ।

LIVE TV