९ श्रावण २०७४, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी थाल्नु भएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तारको तयारी थाल्नु भएको हो ।


संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरम लगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको स्वीकार्दै प्रधानमन्त्री देउवाले भोलिसम्ममा सरकार बिस्तार गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट मिन विश्वकर्मा, रामकृष्ण यादव, कमला पन्त, धनराज गुरुङ, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान लगायतलाई मन्त्रीमण्डलमा लैजाने सम्भावना छ । सत्तारुढ दलबीच भएको सहमति अनुसार माओवादी केन्द्रबाट महेन्द्र बहादुर शाही, सिता नेपाली, गिरिराज मणी पोखरेल, शिवकुमार मण्डल, हितराज पाण्डे टेकराज बस्नेत मन्त्री बन्नुहुनेछ ।

 

LIVE TV